नेपालखबरले आयोजना गरेको राइजिङ नेपाल समिटमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ पनि प्यानल डिस्कसनमा सहभागी भए।
उनलाई नेपालखबरले सोध्यो– नेपाल सम्भावनै नभएको देश हो?
उनले नेपाल सम्भावना धेरै भएको मुलुक भएको जवाफ दिए। यद्यपि चुनौती नै चुनौती भने रहेको खुलेर बताए।
अध्यक्ष (चन्द्रप्रसाद ढकाल)ले कोभिड, विश्व युद्ध परिदृश्य, माग घटेको अवस्था, बैंकमा पैसा थुप्रिएको अवस्थाबारे भन्नुभयो।
हामीले धेरै मागेको र चाहेको कुरा राजनीतिक स्थिरता हो। अब आर्थिक पाटोलाई विशेष ग्राह्यता दिइन्छ भन्ने हाम्रो सोच हो।
राजनीतिक स्थिरता नहुँदा ५ वर्षमा ५ सरकार बदलिए। नेतृत्व परिवर्तन हुँदा नीति पनि परिवर्तन भएका छन्।
सरकारले राम्रो काम गरे व्यवसायीको मनोबल बढ्छ। निजी क्षेत्रलाई विश्वास गरिदिनुपर्यो। निजी क्षेत्रले नाफामात्रै गरेर बसेको भन्नु उपयुक्त नहुने उनले बताए।
निजी क्षेत्र अघि बढ्नुपर्छ भनेर राज्यले सहजीकरण गर्नुपर्ने श्रेष्ठले बताए। राज्य नियामक भएकाले सहजीकरणको जिम्मेवारी पूरा गरिदिनुपर्ने उनको भनाइ छ।
'निजी क्षेत्रले लगानी बढाउन कसरी प्रोत्साहन गर्न सकिन्छ। सरकारले वैकल्पिक वित्त परिचालनको कुरा ल्याएको छ। निकै सकारात्मक छ,' उनले भने, 'पुँजीगत खर्च बढाएर नगद प्रवाह बढाइदिनुपर्ने उनको भनाइ छ। सहकारी र माइक्रोफाइनान्स समस्याग्रस्त भएर धेरै पैसा डुबेको अवस्था छ। बजेटले निजी क्षेत्रलाई विश्वास दिलाउन केही सम्बोधन गरेको छ।'
Shares

प्रतिक्रिया