कारोबार


ज्योति ग्रुपका ४ कम्पनीले तिरेनन् नेपाल बैंकको ऋण, रूप ज्योतिको घरजग्गा नै लिलामीमा

ज्योति ग्रुपका ४ कम्पनीले तिरेनन् नेपाल बैंकको ऋण, रूप ज्योतिको घरजग्गा नै लिलामीमा

नेपालखबर
साउन ५, २०८२ सोमबार १३:५८, काठमाडौँ

व्यावसायिक घराना ज्योति ग्रुपको चारवटा कम्पनी एकैपटक लिलामीमा जाने भएका छन्। 

ऋण नतिरेको भन्दै नेपाल बैंकले ज्योति ग्रुपअन्तर्गतका ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रा.लि., स्याकार कम्पनी प्रा.लि., जय स्पिनिङ मिल्स र नेपाल जनरल मार्केटिङ प्रा.लिलाई लिलामीमा राख्ने प्रक्रिया अगाडि बढाएको हो। 

बैंकले ग्रुपका अध्यक्ष रूप ज्योति, उनकी छोरी सुरुची ज्योति र छोरा अभिक ज्योतिको नाम सार्वजनिक गर्दै ऋण तिर्न भनेको छ। 

उनीहरुले बैंकबाट चालूपुँजी कर्जा, स्थायी चालू पुँजी कर्जा, प्रतीतपत्र, ट्रस्ट रिसिट कर्जा, फोर्स टर्मिनेटिङ कर्जा लगेकामा ऋण नतिरेको बैंकको सूचनामा उल्लेख छ।

बैंकले यसअघि पनि ३५ दिने सूचना जारी गरेर ऋण तिर्न निर्देशन दिएको थियो। तर सो अवधिमा पनि ज्योति ग्रुपबाट कोही पनि सम्पर्कमा नआएपछि आइतबार बैंकले चारवटै कम्पनीको नाम सार्वजनिक गर्दै धितो लिलामीमा चढाएको हो । 

सार्वजनिक सूचना जारी गर्दै बैंकले अन्तिम पटकका लागि ऋण तिर्न र बैंकको सम्पर्कमा आउन भनेको छ।

कम्पनीले आजैका मितिबाट लागु हुनेगरी ३५ दिन भित्र कालोसूचिमा राख्न कर्जा सूचना केन्द्रलाई सिफारिस गर्ने उल्लेख गरेको छ। 

बैंकले ग्रुपको ४ वटा कम्पनीलाई ऋणी को रुपमा राख्दै ती कम्पनीको सम्पत्ति तथा जमानीकर्ताको चल अचल सम्पतीलाई लिलामीमा राख्ने भएको हो । 

बैंकले रुप ज्योतिको नाममा रहेको काठमाडौ वडा नम्बर ३० स्थित कित्ता नम्बर २३०९ को क्षेत्रफल २२५१.५७ को घरजग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात लिलामीमा राखेको हो । 

बैंकले भदौ ८ गतेसम्म ऋण तिर्न नआएमा ९ गते लिलामीका लागि बोलबोल आह्वान गर्ने जनाएको छ।

पारिवारिक किचलोपछि यो ग्रुप नै गत वर्ष फुटेको थियो। तर ग्रुप फुटेपछि ग्रान्डी सिटी हस्पिटल खाली गराउने विषयमा रुप र पद्म दुई दाजुभाइबीचको कलह अदालतसम्म पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad