राजनीति


नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू चाक्सीबारीमा भेला हुँदै

नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू चाक्सीबारीमा भेला हुँदै

फाइल तस्बिर


नेपालखबर
साउन ५, २०८२ सोमबार १३:३७, काठमाडौँ

नेपाली कांग्रेसका केही पूर्वपदाधिकारीहरू प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गर्दैछन्।
 
आजको छलफलको चाँजोपाँचो प्रकाशमान सिंहले मिलाएका हुन्। छलफलमा २ बजे बस्ने गरी खबर आएको पूर्वउपसभापति विमलेन्द्र निधीले जानकारी दिए। 

'२ बजे चाक्सीबारीमा छलफलमा जुट्ने भन्ने छ। म अब जान्छु' उनले नेपालखबरसँग भने। 

छलफलमा सिंह, निधि, डा शशांक कोइराला, कृष्णप्रसा सिटौलासहितका नेता सहभागी हुने बताइएको छ।  

यी पूर्वपदाधिकारीहरूले पार्टीको १५औं महाधिवेशन केन्द्रित छलफल चलाइरहेका छन्। उनीहरूले आलोपालो नेताको घरमा गएर छलफल गर्ने गरेका छन्।  

हाल छलफलमा जुटिरहेका नेताहरू प्राय: सबै सभापति शेरबहादु देउवाकै समूहमा छन्। सभापति देउवाले आगामी महाधिवेशनमा चुनाव नलड्ने बताइसकेका छन्। तर देउवाको टिमबाट को सभापतिको उम्मेदवार बन्ने भन्ने विषय चासोका साथ हेरिँदै आएको छ। यसबारे देउवा यसमा मौन छन्।

देउवा मौन बसिरहेपछि गत फागुन २ गते संस्थापन समूहमा रहेका ११ जना नेताले देउवाकै निवास बूढानीलकण्ठमा भेटेर सभापतिको उम्मेदवार तोक्न आग्रह गरेका थिए। त्यसपछि सिंह, सिटौला, निधि, कोइराला, गोपालमान श्रेष्ठसहितका नेताहरू लगातार छलफल गर्दै आइरहेका छन्।  

नेताहरू आज पनि यसै विषयमा छलफलमा जुटेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad