अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्न परिपत्र जारी गरेको छ।
मन्त्रालयले सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको हो।
आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार अर्थ मन्त्रालयले परिपत्र जारी गरेको हो।
यही असार २७ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको मन्त्रीस्तरीय निर्णयपति मन्त्रालयले परिपत्र गरेको हो। योसँगै अब साउन १ देखि हुने भुक्तानी विद्युतीय प्रणालीबाट हुनुपर्नेछ।

294
Shares

प्रतिक्रिया