बाढी पहिरोजस्ता प्राकृतिक घटनाहरुमा पूर्वतयारीका लागि सहयोग हुने उद्देश्यले सीताराम डेरी र कीर्तिपुर नगरपालिका वडा नं ४ को समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई शुक्रबार लाइफ ज्याकेट वितरण गरिएको छ।
विपतमा सुरक्षाकर्मीको मात्रै होइन सबैको दायित्व रहने भन्दै निजी क्षेत्रबाट सहयोग गरिएको हो।
विपतको समयमा सरक्षाकर्मीलाई उद्धार गर्न सहज वातावरण निर्माण गर्न केडिया फाउन्डेसन तथा सीताराम डेरीले विगतदेखि नै उद्धार सामग्रीहरु सुरक्षा निकायलाई हस्तान्तरण गरिसकेको छ।
कार्यक्रममा प्रदेश सभा सदस्य पुकार मर्हजन, कीर्तिपुर नगरपालिका प्रमुख कृष्ण्मान डंगोल, नेपाल स्वास्थ्य स्वयंसेविका अध्यक्ष निरकुमारी मर्हजन, वडा नं. ४ का वडाअध्यक्ष राजेन्द्र बानिया, प्रहरी नायव निरीक्षक ओम राणा, सशस्त्र प्रहरी नायव निरीक्षक कमल गिरी तथा नेपाल सशस्त्र प्रहरी विधालयका प्रधानाध्यापक युवराज पराजुली लगायत सशस्त्र प्रहरी जवान सशस्त्र प्रहरी विधालयका विधार्थीहरु, शिक्षक/शिक्षिकाहरुको उपस्थितिमा सुरक्षा निकायलाई लाइफ ज्याकेट हस्तान्तरण गरी कार्यक्रम समापन भएको थियो।

Shares

प्रतिक्रिया