कारोबार


आर्थिक गतिविधि बढाउने गरी बजेटसँग तालमेल मिल्ने मौद्रिक नीति आओस् : अध्यक्ष ढकाल

आर्थिक गतिविधि बढाउने गरी बजेटसँग तालमेल मिल्ने मौद्रिक नीति आओस् : अध्यक्ष ढकाल

फाइल तस्बिर


नेपालखबर
असार २७, २०८२ शुक्रबार ११:४५, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक गतिविधि बढाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताए।

बजेटसँग समन्वय मिल्ने गरी मौद्रिक नीति आउने विश्वास रहेको ढकालले बताए।

निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत फाइदाको रुपमा लिने सोचले चाहिनेभन्दा बढी कडाइ गर्दा आर्थिक क्षेत्र चलायमान हुन नसकेको बताए।

ढकालले बजेटकै नीति र कार्यक्रमअनुसार कार्यान्वयन हुनुपर्ने बताएका छन्। उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दिएको सुझाव अनुसार ३० वटा कानुन परिवर्तन भइसकेको बताए। 

सरकारले बजेटमा हवाइ टिकटमा लगाएको भ्याटलगायतका विषयमा हटाउन सुझाव दिए पनि कार्यान्वयन नभएको बताए। आगामी दिनमा सुझाव कार्यान्वयन हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad