कारोबार


अस्ट्रेलियन डलर र युरोको मूल्य बढ्यो, अमेरिकी डलर, पाउन्ड र दिनार सस्तिए

अस्ट्रेलियन डलर र युरोको मूल्य बढ्यो, अमेरिकी डलर, पाउन्ड र दिनार सस्तिए

नेपालखबर
असार २७, २०८२ शुक्रबार ५:१४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनार, पाउन्डसहितका केही विदेशी मुद्राको मूल्य घट्को छ। तर, अस्ट्रेलियन डलर, युरोसहितका मुद्रा भने महँगिएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३८ पैसा  थियो। 

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो एकको खरिददर १६० रुपैयाँ २२ र बिक्रीदर १६० रुपैयाँ ९२ पैसा छ। हिजो युरो एकको खरिददर १६० रुपैयाँ ०८ र बिक्रीदर १६० रुपैयाँ ७८ पैसा  थियो। 

त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ७५ र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ८४ र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा  थियो। 

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६१ पैसा थियो। 

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ५० पैसा र बिक्रीदर ४४९ रुपैयाँ ४६ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८२ पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २५ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४५ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad