भारतीय राज्य गुरुग्राम सहरमा बिहीबार गोली हानेर टेनिस खेलाडी राधिका यादवको हत्या गरिएको छ।
गोली हान्ने व्यक्ति उनकै बुवा भएको आरोप लागेको छ।
प्रहरीले भनेको छ, ‘राधिका टेनिस एकेडेमी चलाउँथिन्, जसका कारण उनका बुबा रिसाएका थिए।’
गुरुग्राम प्रहरी प्रवक्ता सन्दीप सिंहका अनुसार घटना गुरुग्रामको सेक्टर ५६ प्रहरी चौकी क्षेत्रमा भएको हो।
प्रहरी टोली अस्पताल पुगेर सोधपुछ गर्दा त्यो शव २५ वर्षीया राधिकाको भएको पत्ता लागेको थियो।
प्रहरी प्रवक्ता सिंहले भने, ‘जब प्रहरीले घरमा गएर सोधपुछ गर्यो, तब थाहा भयो कि ती केटी टेनिस खेलाडी थिइन्। उनलाई उनका बुबाले गोली हानेका थिए र प्रहरीले उनलाई पक्राउ गरेको छ। सोधपुछका क्रममा उनले अपराध स्वीकार गरेका छन्।’
घटनाबारे जानकारी दिँदै प्रहरी:
Gurugram, Haryana: National-level tennis player Radhika Yadav was shot dead by her father over disputes related to her tennis academy. Police arrested the father and recovered the licensed revolver
— IANS (@ians_india) July 10, 2025
Gurugram Police spokesperson Sandeep Singh says, "Today, at the Sector 56 police… pic.twitter.com/yyWUA7pldC
Shares

प्रतिक्रिया