नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले २० नम्बर ब्रोकर सिप्ला सेक्युरिटिजलाई कारबाही गरेको छ।
राफसाफ समयमै नगरेको भन्दै नेप्सेले उक्त कम्पनीलाई तीन दिन कारोबार गर्न नपाउने गरी कारबाही गरेको हो।
आइतबार पत्र पठाउँदै नेप्सेले सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सिफारिसबमोजिम सोमबारबाट लागू हुने गरी तीन दिनका लागि कारोबार बन्द गरेको हो।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सिप्ला सेक्युरिटिजले तोकिएको समयावधिभित्र राफसाफ तथा फर्छ्यौट कार्य नगरेको भन्दै तीन कारोबार दिनका लागि निलम्बन गर्न नेप्सेलाई असार १९ गते सिफारिस गरेको थियो।
सोहीअनुसार नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ को उपविनियम १ (छ) बमोजिम कारबाही गरेको हो।
78
Shares

प्रतिक्रिया