कारोबार


रासायनिक मलको सुलभ आपूर्ति गर्न संसदीय समितिको निर्देशन

रासायनिक मलको सुलभ आपूर्ति गर्न संसदीय समितिको निर्देशन

नेपालखबर
असार २२, २०८२ आइतबार १६:३९, काठमाडौँ

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशभर रासायनिक मलको सहज र सुलभ आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। बैठकले प्रत्येक स्थानीय तहमा मल भण्डारणस्थल निर्माण गर्न तथा वितरण प्रक्रियामा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको निगरानीमा मल वितरणको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ। 

समितिले मलको आयात तथा वितरणमा संलग्न रहेका संस्थाहरूको कोटा प्रणालीसमेत पुनरावलोकन गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad