कारोबार


पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार हो : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार हो : अर्थमन्त्री पौडेल

फाइल तस्बिर


नेपालखबर
असार २१, २०८२ शनिबार १७:१४, काठमाडौँ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताएका छन्।

शनिबार काठमाडौँमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले समृद्धिका निम्ति धेरै कुराहरु रहेको र पर्यटन क्षेत्र त्यसमध्येको एउटा महत्वपूर्ण क्षेत्र भएको उल्लेख गरे।

पर्यटन क्षेत्रमा लगानी प्रववद्धन गर्न जरुरी रहेको बताउँदै देशभित्रको लगानी र बाहिरको लगानी आकर्षित गर्न सरकारले काम गरिरहेको मन्त्री पौडेलले बताए।

‘समृद्धिका निम्ति हामीसँग अरु विभिन्न कुराहरु छन्, त्यसमध्येको एउटा शक्तिशाली विकल्प पर्यटन हो,’ उनले भने, ‘यसको अनगिन्ति सम्भावना छ। हामीले क्रमशः यो क्षेत्रमा लगानी प्रवद्धन गर्नुपर्छ। हाम्रो देशभित्रको लगानी, विदेशको लगानी, राज्यको लगानी मात्रैले पुग्दैन। राज्यको लगानी यो पर्यटकीय दृष्टिकोणले आकर्षक गन्तव्य हो भनेर सन्देश दिने,स्वदेश र विदेशका निजी क्षेत्रलाई जाउँ लगानी गर्न नेपालमा भनेर आकर्षित गर्ने कामका लागि राज्यले काम गर्छ। पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी आवश्यक पर्दछ। त्यही हिसावले बजेट निर्माण गर्दा पनि त्यसलाई हेक्का राखेका छौँ।’

उपप्रधानमन्त्री पौडेलले मुलुकलाई राजनीतिक स्थायित्व दिँदै विकास र समृद्धितर्फ अघि बढ्नुपर्ने बताउनु बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad