सुनचाँदी व्यवसायीहरुले सडकमा विरोध प्रदर्शन गरेका छन्। सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र अन्य बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्यअभिवृद्धि कर (भ्याट)को विरोध गर्दै व्यवसायीहरुले शुक्रबार र्याली निकालेका हुन्।
उनीहरुले सुनचाँदी कारोबारको प्रस्ट नीति नियमावली ल्याउन, सुनको भन्सारदर ६ प्रतिशत कायम गर्न समेत माग गरेका छन्।
सुनचाँदी व्यवसायीहरुले माइतीघर, बबरमहल हुँदै बानेश्वरसम्म र्याली निकालेका थिए।
सरकारले नयाँ बजेटमार्फत करको व्यवस्था गरेको थियो। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भने नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेकाले त्यसबाट बाहिरिने तयारीस्वरुप यस्तो व्यवस्था गरेको बताउँदै आएका छन्।
उनले सुनचाँदी र बहुमूल्य धातुको कारोबारलाई पारदर्शी बनाउन कर व्यवस्था गरेको बताइरहेका छन्। व्यवसायीसँग यसबारे छलफल जारी रहेको समेत उनले बताएका छन्।
व्यवसायीको र्याली तस्बिरमा


















Shares

प्रतिक्रिया