प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट आफ्नो स्वामित्वमा रहेको सेयर झिकेर सेयर लगानीकर्ता डा. आत्मराम घिमिरे बाहिरिने भएका छन्।
इन्स्योरेन्सले डा.घिमिरेसहित ३ जनाको स्वामित्वमा रहेको संस्थापक सेयर लिलामीमा राखेको हो। जसमा डा.घिमिेरको स्वामित्वमा रहेका १ लाख २९ हजार ६ सय कित्ता, लजना श्रेष्ठको नाममा रहेको १ हजार र हरि बहादुर कँडेलको नाममा रहेको १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।
कम्पनीले ३५ दिनभित्र इच्छुक सेयरधनीहरुबाट आवेदन माग गरेको छ। इच्छुकले इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादीमा आवेदन दिनुपर्नेछ।
117
Shares

प्रतिक्रिया