नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकसहित २ भुक्तानी सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको छ।
एकीकृत निर्देशन उल्लंघन गरेको भन्दै कृषि विकास बैंक र ज्योति विकास बैंकलाई कारबाही गरेको हो।
कृषि विकास बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०८१ पालना नगरेको भन्दै कारबाहीस्वरूप पहिलो पटकलाई सचेत मात्रै गराएको जनाएको छ।
बैंकले नेपाल राष्ट्र बैंक वा अन्य निकायहरुको खाता रोक्का / वा फुकुवा गरेका व्यक्तिहरुको अद्यावधिक सूची तयार गरी त्यस्तो सूचीलाई ग्राहक पहिचान पद्धतिको आधारको रुपमा राख्नुपर्नेमा त्यसो नगरेको भेट्टाएको थियो।
यस्तै राष्ट्र बैंकले ज्योति विकास बैंकलाई भने एकीकृत निर्देशन २०८१ को निर्देशन १५ को बुँदा (१) (६) र र निर्देशन १९ को बुँदा (७) को व्यवस्था उन्लंघन गरेको भन्दै पहिलो पटकलाई सचेत मात्रै गराएको छ।
योबाहेक भुक्तानी सेवा प्रदायक पेवेल नेपाल प्रा लि र सजिलो पे पेमेन्ट सभिर्सेजलाई खारेज नै गरिसकेको छ।
Shares

प्रतिक्रिया