राजनीति


महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णत रोक्नुपर्छ : पोखरेल

महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णत रोक्नुपर्छ : पोखरेल

नेपालखबर
असार १८, २०८२ बुधबार १२:३६, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस पूर्णत रोक्न निर्देशन दिएका छन्।

नेकपा एमाले बागमती प्रदेश कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले अहिले नेतृत्वको विषयमा छलफल नभइ विधि र विधानका बारेमा बहस गर्नुपर्ने उल्लेख गरे।

‘राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णत रोक्नुपर्छ,’ पार्टी केन्द्रीय कार्यलयबाट बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भने।

भदौ २०–२२गतेलाई विधान महाधिवेशन तय भएकोले सबै नेता कार्यकर्तालाई पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुन महासचिव उनले निर्देशन दिए।

महासचिव पोखरेलले राजनीतिक र सांगठनिक प्रतिवेदन केन्द्रीय कमिटीबाट सिधै विधान महाधिवेशनमा प्रस्तुत हुने समेत जानकारी दिए।

बैठकमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी,बागमती प्रदेशका इन्चार्ज राजन भट्टराई ,अध्यक्ष कैलाश ढुंगेल लगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad