कोरोना भाइरस (कोभिड–१९) का कारण कठिन स्थितिमा जीवन यापन गरिरहेका पोखरा महानगरपालिका–११ का विपन्न परिवारलाई राहत वितरण गरिएको छ।
दैनिक ज्याला मजदुरी गर्दै आएका १२ सय ५० परिवारलाई गत २५ र २६ गते राहत वितरण गरेको वडा अध्यक्ष मोहन प्रसाद बास्तोलाले जानकारी दिए। ४० टोलका स्थानिय विकास समितिसँगको समन्वयमा १ हजार २ सय ५० विपन्न परिवारलाई राहत वितरण गरेको वडा अध्यक्ष बास्तोलाले बताए।
पोखरा महानगरपालिकाले ७ सय १० परिवारलाई फुल प्याकेजका लागि नाम स्वीकृत गरेको थियो भने बाँकी ५ सय ५० घर परिवारलाई स्थानीय संघ÷संस्थाले खाद्यान सहयोग गरेका हुन्।
महानगरको माण्डण्डअनुरुप नै राहत वितरण गरेको वडा सदस्य तिर्थ कुमारी गुरुङले बताइन्। राहतस्वरुप उनीहरुलाइ चामल, दाल, नुन, तेल, साबुनलगायतका खाद्य सामग्री प्रदान गरेको उनले जानकारी दिइन्। वडामा केही परिवार छुटेको भए पायक पर्ने टोल विकास संस्थामा आएर नाम टिपाउन तथा उनीहरुलार्इ जानकारी दिन पनि गुरुङले आग्रह गरेकी छन्।
राहत प्याकेजमा ५ जनाको परिवारलाई १ बोरा चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नुन तथा १ किलो चना तथा ३ जनाको परिवारलाई साढे १२ किलो चामल र बाँकी उक्त बमोजिम खाद्यान्न वितरण गरिएको थियो।
Shares
प्रतिक्रिया