समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १९ वटा सहकारीका निलम्बित सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य तथा कर्मचारीहरूलाई आफ्नो ऋण दायित्व यही असार मसान्तसम्ममा चुक्ता गर्न सूचित गरेको छ।
समितिले आज सूचना जारी गर्दै अन्तिम पटकको लागि भन्दै यही असार ३२ गतेभित्र आफ्नो दायित्व राफसाफ गर्न भनेको हो।
‘तोकिएको म्यादभित्रसमेत आफ्नो दायित्व राफसाफ नगरेमा समस्याग्रस्त घोषणा भएको दिनदेखि असुलिको दिनसम्मको साँवा, व्याज, हर्जनासमेत ऋणमा गणना गरि आगामी साउन १ गतेदेखि असुल गरिने छ,’ सूचनामा भनिएको छ।
हेर्नुहोस् सूचना

945
Shares

प्रतिक्रिया