समाज


जिप सडकबाट डेढसय मिटर तल खस्दा १ जनाको मृत्यु, २ घाइते

जिप सडकबाट डेढसय मिटर तल खस्दा १ जनाको मृत्यु, २ घाइते

नेपालखबर
असार १५, २०८२ आइतबार ९:१३, काठमाडौँ

पर्वतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। 

फलेवास नगरपालिका–८ नेपानेमा गएराति लमायखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग १ ज ६९७ नम्बरको जिप दुर्घटनामा परेको हो। 

दुर्घटनामा फलेवास –८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि पोखरा लैजाँदै गदा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए।

दुर्घटनामा फलेवास–७ का ३४ वर्षीय विक्रम सुनार र ८ का ३३ वर्षीय सुरज सुनार घाइते भएका छन्। उनीहरुको पोखराकै गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

जिप सडकबाट झण्डै १५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad