कारोबार


नेपालले द्विपक्षीय ऋण लिन बन्द गर्नुपर्छ : पूर्वअर्थमन्त्री महत

नेपालले द्विपक्षीय ऋण लिन बन्द गर्नुपर्छ : पूर्वअर्थमन्त्री महत

फाइल तस्बिर


नेपालखबर
असार ११, २०८२ बुधबार ११:५४, काठमाडौँ

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेका सांसद डा. प्रकाशशरण महतले अहिलेकै तरिकाबाट द्विपक्षीय ऋण लिन नहुने बताएका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले अहिलेको तरिकाबाट लिइरहेको द्विपक्षीय ऋणले नेपाललाई फाइदा गर्न नसकेको जिकिर गरे। 

‘बाइल्याटरल (द्विपक्षीय) ऋण जसरी हामी लिइरहेका छौँ, त्यसले हामीलाई फाइदा दिइरहेको छैन,’ महतले भने, ‘यस्तो महंगो ऋण हामीले लिनु हुँदैन। द्विपक्षीय ऋण यही तरिकाबाट लिन बन्द गर्नुपर्छ।

उदार र महंगो दरमा ऋण लिन नहुने भन्दै उनले ऋणका सर्त नसुहाउँदो नहुने समेत बताए। ‘ऋणका जुन तमाम सर्त छन्, उनीहरुकै सामान, उनीहरुले ठेकदार र त्यसमाथि तत्कालनै फिर्ता गर्नुपर्ने र उच्च दर,’ महतले भने, ‘यो हामीलाई सुहाएको छैन। कि त हामीले बहुपक्षीय एजेन्सीबाट जसरी लिन्छौँ त्यो सर्त स्वीकार गर्नुपर्छ। होइन भने हामी द्विपक्षीय ऋण निरुत्साहित गर्नुपर्छ।’

उनले जलवायु वित्त पनि नेपालले न्युन पाइरहेको बताए। नेपालसँग पर्याप्त वन क्षेत्र रहेको भन्दै महतले बजेट शून्यबाट पुनर्निर्माण सुरु गर्न जरुरी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad