राजनीति


राज्य व्यवस्था समितिको बैठकमा प्रचण्ड

राज्य व्यवस्था समितिको बैठकमा प्रचण्ड

नेपालखबर
असार ११, २०८२ बुधबार १२:६, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष तथा संसद्‍मा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड  राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा सहभागी भएका छन्। 

बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको सैद्वान्तिक पक्षमा छलफल भैरहेको छ।

सरकारले नयाँ प्रहरी ऐन ल्याउने प्रक्रिया अगाडी बढाएको छ। गत फागुन ११ गते गृहमन्त्री रमेश लेखकले प्रहरी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भनि प्रस्ताव गरेका थिए। 

नेपाल प्रहरीमा विधमान ३० वर्षे सेवा अवधि हटाउने, जुनियर प्रहरीको पेन्सन अवधि घटाउने जस्ता व्यवस्था नयाँ ऐनमा गर्ने प्रस्ताव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad