अहिले बजारमा राइड सेयरिङको रुपमा धेरैले टुटल र पठाओ चिन्ने गरेका छन्। अब लकडाउन खुलेसँगै टुटल र पठाओको प्रतिस्पर्धामा ‘लोजुम’ राइड सेयरिङ बजारमा थपिने भएको हो।
अहिले नेपाली बजारमा भएका राइड सेयरिङभन्दा फरक भएको कम्पनीले दाबी गरेको छ। अहिले बजारमा भएका राइड सेयरिङमा एप डाउनलोड गर्नुपर्छ भने ‘लोजुम’को सेवा विना एम सिधै फोनमार्फत गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
लोजुमको सर्भिस हाल काठमाडौंमा उपलब्ध हुनेछ। यसका लागि लोजुम एप गुगल प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ।
त्यस्तै एप प्रयोग नगर्नेहरुले कम्पनीले उपलब्ध गराएको नम्बरमा फोन गरेर पनि आफूलाई आवश्यक राइडर मगाउन सकिन्छ।
लोजुमले राइडर र प्रयोगकर्ता दुवैका लागि विशेष सुविधाहरु उपलब्ध गराउने बताइएको छ। राइडरहरुलाई लोजुमका पार्टनर भनिने र पार्टनरहरुलाई आवश्यक डाटा र इन्धन समेत कम्पनी आफैँले उपलब्ध गराउनेछ।
त्यसैगरी उनीहरुको थर्ड पार्टी इन्स्योरेन्स गरिने र यदि कथंकदाचित् दुर्घटना भएमा पनि पार्टनर हस्पिटलहरुमा उपचारको व्यवस्था गरिनेछ।
लोजुमका महिला प्रयोगकर्ता भएमा उनीहरुको इच्छाअनुसार सकेसम्म महिला राइडर नै उपलब्ध गराइनेछ।
प्रतिक्रिया