कारोबार


चालू पुँजी कर्जा कार्यान्वयनमा राष्ट्र बैंक बन्यो लचक

नयाँ गभर्नरले व्यवसायीलाई दिए ऋण तिर्न थप एक वर्षको समय
चालू पुँजी कर्जा कार्यान्वयनमा राष्ट्र बैंक बन्यो लचक

नेपालखबर
असार ९, २०८२ सोमबार २१:१२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै व्यवसायीलाई सहज हुने नीति अवलम्बन गरेको छ। राष्ट्र बैंकले सोमबार चालू पुँजी कर्जा मार्गदर्शन २०७९ संशोधन गर्दै कार्यान्वयनलाई थप एक वर्ष समय थप गरेको हो।

अर्थनीति बुझेका गभर्नर विश्वनाथ पौडेलले व्यवसायीको मागबमोजिम चालू पुँजीकर्जा कार्यान्वयनलाई एक वर्ष पछाडि धकेलेका हुन्। 

यसअघि निर्वतमान गभर्नर महाप्रसाद अधिकारीले मार्गदर्शन जारी गर्दै सीमाभन्दा बढी चालू पुँजी कर्जा लिएका व्यवसायीहरुले २०८२ असार भित्र कर्जा तिरेर भएपनि सिमामा ल्याइसक्नुपर्ने व्यवस्था गरेका थिए। हाल व्यवसायीहरुले वार्षिक कारोबार रकमको २५ प्रतिशतसम्म चालू पुँजी कर्जा पाउँछन्।

सो व्यवस्था कार्यन्वयनमा आएसँगै २५ प्रतिशत भन्दा बढी कर्जा लिएका व्यवसायीहरूले असार मसान्तसम्म ऋण सिमामा ल्याइसक्नुपर्ने थियो।

तर व्यवसायीहरूले सो व्यवस्थाको विरोध गर्दै सहजीकरणको माग गर्दै आएकोमा गभर्नर पौडेलले मौद्रिक नीति पूर्व नै व्यवसायीलाई खुसी बनाउने गरी मार्गदर्शन संशोधन गरेका हुन्।

अब असारसम्म सीमामा ल्याउनुपर्ने कर्जा २०८३ साउन १ गतेसम्म ल्याए पुग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad