ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जगदुल्ला हाइड्रोपावरको ठेक्कामा अनियमितताको आरोपबारे संसदमा जवाफ दिएका छन्।
सांसदहरुले उक्त आयोजनाको ठेक्का अनियमिततामा ऊर्जा मन्त्रालयकै संलग्नतासम्बन्धी समाचार, उजुरी र आरोप आएकोबारे स्पष्टीकरण मागेका थिए।
मन्त्री खड्काले त्यसमा मन्त्रालय संलग्न नभएको भन्दै उनले जगदुल्ला हाइड्रोपावर कम्पनीले नै सबै प्रक्रिया पूरा गरी ठेक्का अवार्ड गरेको जवाफ दिए।
‘यो त्यहाँ कार्यरत कम्पनीले नै सबै काम गर्ने भएकाले मन्त्रालयले हस्तक्षेप गर्दैन। समाचार र उजुरीपछि चासो राखेका थियौँ। ४ वटाले इच्छा देखाएको, दुईवटा पास भएको र तीमध्ये कम पैसामा काम गर्छु भन्नेले पाएको हो। यो प्रक्रियागत रुपमा काम भएको उहाँहरुले भन्नुभएको छ’, उनले भने।
ठेक्का आफूले नपाउनेहरुले विभिन्न ठाउँमा पुगेको र रद्द हुँदा पाइन्छ भनेर विभिन्न ठाउँमा उजुरी दिएको उनको दाबी छ।
‘कम्पनी (जगदुल्ला हाइड्रोपावर)ले आफ्नो स्पष्टता देखाइसकेको छ। मन्त्रालयले अनलाइन प्रणाली भएको बेला चलखेल गर्न सक्दैन। सम्भवै छैन’, उनको दाबी थियो।
यो पनि–
-
जगदुल्ला हाइड्रोपावरको विवादित ठेक्का प्रक्रिया ‘तत्काल रोक्न’ लेखा समितिको निर्देशन
-
जगदुल्ला ठेक्का प्रकरण : चिनियाँ कम्पनी जेसीईले अनुभवको नक्कली कागजपत्र पेस गरेको पुष्टि
-
जगदुल्लाको टेन्डर प्रक्रिया नै खारेजीको माग गर्दै उच्च अदालतमा निवेदन
-
जगदुल्ला हाइड्रोको ठेक्कामा फर्जी कागजात बनाएको उजुरी परेपछि अख्तियारले जेसीई–एएनकेमाथि थाल्यो छानविन
-
जगदुल्ला हाइड्रोको ठेक्कामा मिलेमतो– चीनबाट अनुमति नै नपाएको जेसीईविरुद्ध सिनो हाइड्रोको उजुरी, कागजात जाँच गर्न माग
-
जगदुल्ला हाइड्रोको ठेक्का १२ अर्ब १५ करोडमा चिनियाँ कम्पनीलाई दिन ऊर्जा मन्त्रालयमा सेटिङ
-
जगदुल्ला हाइड्रोपावरको दोस्रो पटकको टेन्डरमा २ चिनियाँसहित ४ कम्पनीको आवेदन
Shares

प्रतिक्रिया