राष्ट्रिय जीवन बिमा कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ।
कम्पनीले २०८२/०८३ का लागि प्रतिवर्ष प्रतिहजार बिमालेखमा ५५ रुपैयाँ बोनस दर कायम गरेको हो।
कम्पनीले गत माघ १७ गते नै नेपाल बीमा प्राधिकरणबाट आव २०६७/६८ देखि २०६९/७० सम्मको इनफोर्स पोलेसी कायम रहेका १६ लाख २ हजार ७ सय २१ वटा बिमालेखको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बिमाङ्कीय मूल्यांकन प्रतिवेदन स्वीकृत गराएको थियो।
स्वीकृत गरेसँगै अब प्राधिकरणले सबै किसिमका बिमालेखहरुमा समान बोनस दर लागू गरेको हो।
45
Shares

प्रतिक्रिया