सुनको मूल्यमा आज उल्लेख्य मात्रामा गिरावट आएको छ।
गएको आइतबार चार हजार दुईसय र सोमबार चारसय रुपैयाँ बढेको सुनको मूल्यमा आज दुई हजार पाँचसय रुपैयाँ गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनको मूल्य एक लाख ९७ हजार पाँचसय रुपैयाँ थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको भाउ पनि प्रतिताेला पाँच रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार एकसय ६० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ।
2.3k
Shares

प्रतिक्रिया