गएका दुई दिनमा चार हजार ६ सय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर छ।
सुनको मूल्य आज आइतबारकै मूल्यमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य गएको शुक्रबार प्रतितोला चार हजार दुईसय र आइतबार तोलामा चारसय रुपैयाँ बढेको थियो।
आज सुन तोलाको एक लाख ९७ हजार पाँचसय रुपैयाँमै किनबेच भइरहेको छ।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको भाउ पनि स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार एकसय ६५ रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ। चाँदीको मूल्य गएको शुक्रबारदेखि घटबढ् भएको छैन।
3.2k
Shares

प्रतिक्रिया