पूर्वअर्थमन्त्री तथा संसद प्रकाशशरण महतले टेक एन्ड पेको बजेटको विषय सच्याउनुपर्ने बताएका छन्।
उनले जलविद्युत् क्षेत्रको विकासकालागि टेक एन्ड पेको व्यवस्था सच्याएरै अघि बढ्नुपर्ने बताएका हुन्।
प्रतिनिधिसभामा छलफल गर्दै महतले बजेटमा धेरै दबाबका बीच व्यावहारिक बजेट ल्याएको बताएका छन्।
उनले ३ करोडका आयोजना राख्नु उपयुक्त भए पनि कतिपय टुक्रे आयोजना समेटिएकाले त्यसलाई कडाइ गर्नुपर्ने उनी बताउँछन्।
उनले बजेटको आकार ठीकै भए पनि स्रोत कसरी सुनिश्चित गर्ने भन्ने चुनौती रहेको बताए।
‘चालू खर्च र सावाँ ब्याज तिर्ने दायित्व बढ्दै गइरहेको छ’, सांसद महतले भने, ‘पुँजीगत खर्च केही बढे पनि खर्च गर्ने क्षमता बढाउनुपर्छ।’
33
Shares

प्रतिक्रिया