नेपाल राष्ट्र बैंकले ६ वटा विषयमा अध्ययन गर्न बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ।
गभर्नर डा. विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न डा. रेवतबहादुर कार्की संयोजक रहने गरी कार्यदल गठन गरेका हुन्।
कार्यदलमा राष्ट्र बैंकका नियमन विभाग प्रमुख गुरु पौडेल र पूर्वबैंकर भुवन दाहाल सदस्य छन्।
एक महिनाको समय पाएको कार्यदलले ६ वटा विषयमा मुख्य अध्ययन गर्ने भएको छ।
यस्ता छन् कार्यदलका अध्ययन क्षेत्र
- बैंकिङ नीतिनियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा।
72
Shares

प्रतिक्रिया