कारोबार


अहमदावाद विमान दुर्घटना : २४२ जना सवार थिए, उड्नेबित्तिकै खस्यो

अहमदावाद विमान दुर्घटना : २४२ जना सवार थिए, उड्नेबित्तिकै खस्यो

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १५:३९, काठमाडौँ

भारतको गुजरात राज्यस्थित अहमदावादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको एयर इन्डियाको विमानमा २४२ बढी यात्रु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

टाइम्स अफ इन्डियाका अनुसार लन्डनका लागि उडेलगत्तै विमान नजिकै खस्नपुगेको हो। 

एयर इन्डियाको बी७८७ विमान भीटी–एएनबी एआई–१७१ कलसाइन उडान नम्बरमा अहमदावादबाट बेलायतको ग्याटविक जाने क्रममा दुर्घटनामा परेको भारतीय हवाइ उड्डयन महानिर्देशनालयले जनाएको छ। विमानमा यात्रु र चालकदलका गरी २४२ सवार थिए। तीमध्ये दुई पाइलट र १० क्याबिन क्रु रहेका थिए। 

विमानलाई क्याप्टेन सुमीत सभरवालले फर्स्ट अफिसर क्लाइभ कुन्दरसँगै उडाएका थिए। हाल घटनास्थलमा उद्धार कार्य जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad