कारोबार


नेपालसँग ५० वर्ष धान्ने तेल र ग्यासको खानी छ : अर्थमन्त्री पौडेल

नेपालसँग ५० वर्ष धान्ने तेल र ग्यासको खानी छ : अर्थमन्त्री पौडेल

नेपालखबर
जेठ २९, २०८२ बिहिबार ११:५१, काठमाडौँ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली जनशक्तिलाई स्वदेशमै रोक्ने गरी बजेटमा कार्यक्रमहरु अघि बढाइएको बताएका छन्।

बिहीबार काठमाडौँमा मिडिया इन्टरनेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मान्छेले अन्तरक्षिमा सम्भावना खोजरिहेका बेलामा नेपालले देशभित्रै सम्भावनाहरु किन खोजि नगर्ने भन्नेतर्फ ध्यान केन्द्रित हुनुपर्ने जिकिर गरे।

‘मान्छेले अन्तरक्षिमा सम्भावना खोजरिहेका छन्, हामीले देशभित्रैको सम्भावनालाई खोजि किन नगर्ने? त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ,’ पौडेलले भने, ‘यसको निम्ति सही राजनीतिक नेतृत्व, सक्षम राजनीतिक नेतृत्व, सही विचार, सही दृष्टिकोण र प्रभावकारी कार्यायोजनाको आवश्यकता पर्ने हो। त्यही भएर अहिले सरकारले यो विषय महत्वका साथ अघि सारेको छ। हामी हाम्रो जनशक्तिलाई देशभित्र कसरी रोक्नसक्छौँ ? कसरी सम्भावना देशभित्रै खोजि गर्नसक्छौँ ? भन्ने उद्देश्यमा केन्द्रित रहेर अहिलेको बजेट आएको छ।

उनले थपे, ‘नयाँ प्रकारको इनोभेसन, उद्यमशिलता, मान्छेहरुलाई केन्द्रित गर्नेगरी कार्यक्रम बजेटले ल्याएको छ। हामी स्टार्टअप, आइटीको सन्दर्भमा खरु अरु प्रकारका उद्यमशिलताका सन्दर्भमा बजेटले कार्यक्रम ल्याएको छ, यसको कार्यान्वयनसँगै देशभित्रै भविष्य खोज्ने आधार बनाएर लैजानसक्छौँ।’

उपप्रधानमन्त्री पौडेलले नेपाल प्रकृति, जलश्रोतको सही सदुपयोग गरेर विकसित हुनसक्ने बताए। नेपालसँग करिब ५० वर्षको देशको आन्तरिक आवश्यकता पूरा गर्नसक्ने तेल र ग्यासको खानी रहेको जिकिर समेत मन्त्री पौडेलले गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad