कारोबार


ट्रम्पको तारन्तार आग्रहपछि भारतले मलेरियाविरुद्धका औषधि बाह्य निर्यात गर्ने

ट्रम्पको तारन्तार आग्रहपछि भारतले मलेरियाविरुद्धका औषधि बाह्य निर्यात गर्ने

नेपालखबर
चैत २५, २०७६ मंगलबार ७:१५,

भारतले मलेरियाविरुद्धका औषधिहरु बाह्य निर्यातका लागि खुला गर्ने भएको छ। भारतीय विदेश मन्त्रालयले हाइड्रोक्सिक्लोरिक्विनलगायतका औषधि बाह्य निर्यात खुलाउन लागेको मंगलबार जानकारी दिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको सम्भावित औषधिहरु निर्यात गर्न नयाँ दिल्लीलाई तारन्तार आग्रह गर्दै आएका छन्। उनले हाइड्रोक्सिक्लोरिक्विनले कोरोनाबाट ठीक हुन सकिने दाबी समेत गरिरहेका छन्।

रोयटर्सका अनुसार अमेरिकामा समेत पछिल्लो समय डाक्टरहरुले उक्त औषधि बिरामीलाई चलाउन थालिसकेका छन्। यद्यपि यसले साँच्चै काम गर्ने र बिरामी निको हुने ठोस प्रमाण अझैसम्म फेला नपरेको बताइएको छ।

भारतले उक्त औषधिसहित पारासिटामोललगायतको निर्यात रोकेको थियो। ट्रम्पले गत सप्ताहान्तमा भारतीय प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका थिए। ट्रम्पको आग्रह नमाने अमेरिकाले समेत महत्वपूर्ण वस्तु निर्यात रोक्नसक्ने भएकाले मोदीले दबाब महसुस गरेका छन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने, ‘भारतले हाइड्रोक्सिक्लोरिक्विन र पारासिटामोल हामीसँग निर्भर छिमेकी देशमा निर्यात खुला गर्ने निर्णय गरेको छ।’

उनका अनुसार छिमेकी देशबाहेक कोरोनाले अतिप्रभावित देशलाई समेत उक्त औषधि निर्यात गर्न दिइनेछ। रोयटर्स (नयाँ दिल्ली)बाट अनुदित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad