जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरकारले लकडाउनको अवधि थप गरेसँगै यसअधि नै दिएको सवारी पास लकडाउन अवधिभरका लागि मान्य हुने बताएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँको सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै यसअघिकै पहेँलो रङको सवारी पास लकडाउन अवधिभर मान्य हुने बताएका हुन्।
‘नेपाल सरकारबाट लकडाउन अवधि मिति २०७७/०१/०३ गतेसम्म बढाउने निर्णय बढाउने भएको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा विभिन्न मितिमा जारी (७) दिने सवारी पास (सि.नं. उल्लेख भएको पहेँलो रङ) अवधि सो पासमा अन्यथा लेखिएको भए तापनि लकडाउन अवधिभर मान्य हुने व्यहोरा यसै सूचनाद्वारा सबै सरोकारवाला र सर्वसाधरणमा जानकारी गराइएको छ’, विज्ञप्तिमा भनिएको छ।
लकडाउनको अवधि थप भएसँगै सर्वसाधरणले फेरि सवारी पास लिनु नपर्ने भएको हो। सो सवारी पासको अवधि आजबाट सकिँदै थियो।
Shares

प्रतिक्रिया