समाज


कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालको लागि स्थगित

कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालको लागि स्थगित

नेपालखबर
चैत २५, २०७६ मंगलबार ७:२५,

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ।परीक्षा बोर्डको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बोर्डले कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गते र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्ने सूचना ७ माघमै सार्वजनिक गरेको थियो।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विषम स्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले स्थगित गरिएको जानकारी दिए। ‘अर्को सूचना सार्वजनिक नहुँदासम्मको लागि परीक्षा स्थगित गरिएको छ’ उनले भने ‘अवस्था सामान्य भइसकेपछि परीक्षा सञ्चालनको लागि नयाँ सूचना सार्वजनिक हुनेछ।’

कोरोना संक्रमण फैलिने डरको कारण सरकारले यस अघि माध्यमिक शिक्षा परीक्षा (एसइई) पनि स्थगित गरेको थियो।

एसइई परीक्षा लकडाउन खुलेपछि मात्रै गर्ने भन्दै सरकारले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न आग्रह गरेको छ।

 Bhakt 11

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad