कोरोना भाइरस (कोभिड–१९) संकटलाई सहयोग गर्न नेपाल चेम्बर अफ कमर्सका विभिन्न जिल्ला शाखाले राहत तथा सहयोग वितरण गरेका छन्।
नेपाल चेम्बर अफ कमर्सका अनुसार धादिङ जिल्ला शाखाले सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई मास्क र सेनिटाइजर वितरण गरेको छ। त्यस्तै, कपिलवस्तु जिल्ला शाखाले शिवराज नगरपालिका प्रकोप व्यवस्थापन कोषमा ५५ हजा ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरेको छ।

त्यस्तै, चेम्बर अफ कमर्स तौलिहवाले एक सय घर परिवारलाई राहत वितरण गरेको छ भने तुलसीपुर चेम्बर अफ कमर्सले मजदुरलाई मास्क वितरण गरेको छ।
गल्याङ चेम्बर अफ कमर्सले गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा ५१ हजार १ सय हस्तान्तरण गरेको छ। हरिवन चेम्बर अफ कमर्स र स्वाभिमान अस्पतालको सहकार्यमा स्वाभिमान सहकायमा स्वाभिमान अस्पतालमा १६ वटा वेडमा क्वारेन्टिाइन र आइसोलेसन सेवा सुचारु गरिएको छ ।

त्यस्तै, काभ्रे चेम्बर अफ कमर्सले मास्क, सेनिटाइर र पञ्जा वितरण गरिएकोे छ।

प्रतिक्रिया