समाज


भारतमा राष्ट्रपति, मन्त्री र सांसदको तलबमा ३० प्रतिशत कटौती

भारतमा राष्ट्रपति, मन्त्री र सांसदको तलबमा ३० प्रतिशत कटौती

नेपालखबर
चैत २४, २०७६ सोमबार ११:५०,

कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोप झेलिरहेको समयमा भारतका राष्ट्रपति, प्रधानमन्त्री तथा सांसदको तलबमा झण्डै एक तिहाइ कटौती गरिएको छ।

मन्त्रिपरिषद् बैठकले सांसद  र मन्त्रीहरुको तलब ३० प्रतिशतले कटौती गर्ने निर्णय गरेको हो।

राष्ट्रपति, उपराष्ट्रपति र राज्यका गभर्नरले पनि स्वेच्छाले तलब कटौती गरेको हिन्दुस्तान टाइम्सले सोमबार उल्लेख गरेको छ।

सोमबार भारतका वातावरण मन्त्री प्रकाश जाभेदेकरले तलब कटौतीको विषयमा पत्रकारलाई जानकारी दिएका थिए।

आगामी अप्रिल एक तारिखबाट तलब कटौतीको अवधि लागू हुने बताइएको छ। उक्त कटौती भएको तलब कोरोना भाइरसविरुद्धको अभियानमा खर्च हुनेछ।

भारतमा हालसम्म ४ हजार ३१४ कोरोना संक्रमित पुष्टि भएका छन्। त्यहाँ १ सय १८ को ज्यान गइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad