हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्तावसम्बन्धी निर्णय गरेको छ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आवको वित्तीय विवरणबमोजिम वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको हो।
कम्पनीको हाल कायम चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ छ। यसको ८ प्रतिशतले हुने ७३ करोड १४ लाख ५८ हजार ९ सय ८४ रुपैयाँ लाभांश बाँड्ने प्रस्ताव गरिएको छ। यसमा लाभांशको कर समेत समावेश छ।
कम्पनीका अनुसार नेपाल बीमा प्राधिकरणमा यस प्रस्ताव स्वीकृत हुनुपर्नेछ। त्यसपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएसँगै सेयरधनीले लाभांश प्राप्त गर्नेछन्।
180
Shares

प्रतिक्रिया