समाज


मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित

मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित

नेपालखबर
जेठ १४, २०८२ बुधबार ११:२३, काठमाडौँ

राष्ट्रिय विपद् जोखिम न्यूनिकण तथा व्यवस्थापन प्राधिकरणले मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरेको छ। सिंहदरबारमा बुधबार बसेको प्राधिकरणको बैठकले मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले बैठकमा यो वर्ष मनसुनजन्य विपद् बढी हुनसक्ने भएकाले प्रतिकार्य योजना बनाइ पेस गरिएको र बैठकले पास गरेको जानकारी दिए। 

गत वर्षको बाढीबाट चोभारमा जाम भएर वहाव अवरुद्ध हुन गइ भएको डुबानबाट पाठ सिक्दै अब हुन नदिन लागि सहरी विकास मन्त्राललको नेतृत्वमा नेपाली सेनाले कार्य गरी त्यहाँ भएको अवरोधहरु हटाउने भन्ने निर्णय भएको बताए। 

‘अहिले मनसुन छिटै आउँदैछ। यो वर्ष मनसुन बढी पनि छ,’ भट्टले भने, ‘मनसुनको बेलामा प्रतिकार्य गर्ने योजना छ, त्यो राष्ट्रिय कार्ययोजना पेस भएको छ। त्यो राष्ट्रिय कार्ययोजना पास भएको छ। गत वर्षको बाढीबाट चोभारमा जाम भएर वहाव अवरुद्ध हुन गइ जुन डुबान भएको थियो, त्यो नहोस् भन्नका लागि सहरी विकास मन्त्राललको नेतृत्वमा नेपाली सेनाले कार्य गरी त्यहाँ भएको अवरोधहरु हटाउने भन्ने निर्णय भयो। मनसुन प्रतिकार्य कार्ययोजना छिटो तयार पारेर लागू गर्नुपर्छ।त्यही अनुसार अघि बढ्नुपर्छ भन्ने थियो।’

मनसुन प्रतिकार्य कार्ययोजना अब कार्यान्वयनमा गएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad