कारोबार


योजना आयोगका उपाध्यक्ष र गभर्नरबीच भेट, वित्त र मौद्रिक नीति सँगसँगै लैजानेबारे छलफल

योजना आयोगका उपाध्यक्ष र गभर्नरबीच भेट, वित्त र मौद्रिक नीति सँगसँगै लैजानेबारे छलफल

नेपालखबर
जेठ १३, २०८२ मंगलबार १६:२४, काठमाडौँ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ।

मंगलबार सिंहदरबारस्थित योजना आयोगमा भएको सो भेटमा वित्त नीति र मौद्रिक नीतिको अन्तर्सम्बन्ध र स्वतन्त्रताबारे छलफल भएको हो। 

उनीहरुबीच उक्त दुई नीतिहरू सँगसँगै  कार्यान्वयनमा लैजाने नीति कार्यान्वयनमा एक अर्कामा सहजीकरण गर्नेबारे समेत छलफल भएको छ। उनले अर्थतन्त्रलाई कोभिड १९ पूर्वको अवस्थामा लैजाने र योजनाले लक्षित गरेअनुरूपको उच्च दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे। 

छलफलका क्रममा आयोगका उपाध्यक्ष अधिकारीले वित्तीय हस्तान्तरण, आयोजनाको पुनः प्राथमिकीकरण, आयोजना बैंकको प्रभावकारी कार्यान्वयन  तथा मध्यमकालीन खर्च संरचनालगायतका विषयमा राष्ट्रिय योजना आयोगबाट भए गरेका सुधारका कार्यबारे जानकारी गराए।

यसैगरी राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले  पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षण गर्दै लगानीको वातावरण सिर्जना गर्न राष्ट्र बैंकले त्यस सम्बन्धमा सहजीकरण गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad