कारोबार


अर्थमन्त्रीले संसद्‍मा पेस गर्न पाएनन् आर्थिक सर्वेक्षण, अब के हुन्छ?

अर्थमन्त्रीले संसद्‍मा पेस गर्न पाएनन् आर्थिक सर्वेक्षण, अब के हुन्छ?

नेपालखबर
जेठ १३, २०८२ मंगलबार १६:१९, काठमाडौँ

अर्थमन्त्री विष्णु पौडेलले आज (मंगलबार) आर्थिक सर्वेक्षण पेस गर्न नपाउने भएका छन्।

विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम प्रभावित भएको हो।

सरकारले हरेक वर्ष बजेटको अगाडि आर्थिक सर्वेक्षण प्रस्तुत गर्छ। त्यसअघि अर्थमन्त्रीले संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने गर्छन्। तर आज पटक पटकको अवरोधपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित भएको हो। 

योसँगै अर्थमन्त्री पौडेलले मंगलबार संसदमा पेस गर्ने आर्थिक सर्वेक्षणको कार्यतालिका प्रभावित भएको हो।

अर्थ मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीले आर्थिक सर्वेक्षण संसदमै पेस गर्नुपर्ने व्यवस्था रहेको बताए। संसद्मा पेस भएपछि मात्रै सार्वजनिक हुने उनको भनाइ छ। 

‘आर्थिक सर्वेक्षण संसदमा पेस भएपछि मात्रै सार्वजनिक हुन्छ’, भण्डारीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad