कारोबार


१० सचिवको सरुवा, को कहाँ?

१० सचिवको सरुवा, को कहाँ?

फाइल तस्बिर


नेपालखबर
जेठ १३, २०८२ मंगलबार १५:५७, काठमाडौँ

सरकारले १० जना सचिवको सरुवा गरेको छ। 

मन्त्रिपरिषद्को गएराति (जेठ १२) को बैठकले १० जना सचिवको सरुवा गर्ने निर्णय गरेको हो। 

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार डा रामप्रसाद घिमिरेलाई उद्योग मन्त्रालय, किरणराज शर्मालाई लोक सेवा आयोगमा, हरिप्रसाद मैनालीलाई पर्यटन मन्त्रालय र डिल्लीराम शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ। 

त्यसैगरी शिक्षा सचिव दीपक काफ्लेलाई राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री कार्यालयका चूडामणि पौडेललाई शिक्षा मन्त्रालयमा, गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महादेव पन्थलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालय र शोभाकान्त पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा सरुवा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad