कारोबार


वाणिज्य बैंक र माइक्रोफाइनान्स समूह जाग्दा १९ अंकले बढ्यो सेयरबजार

वाणिज्य बैंक र माइक्रोफाइनान्स समूह जाग्दा १९ अंकले बढ्यो सेयरबजार

नेपालखबर
जेठ ८, २०८२ बिहिबार १६:१४, काठमाडौँ

सेयरबजार आज १९.०४ अंकले बढेको छ। नेप्से परिसूचक दोहोरो अंकले बढेर २६८८.५५ विन्दुमा पुगेको हो। 

आजको कारोबारमा ९ अर्ब ८२ करोडको किनबेच भएको छ। २ करोड २३ लाख कित्ता बिक्रीमा सो परिमाणको कारोबार भएको हो। 

यस दिन १०४ वटा धितोपत्रको मूल्य बढ्दा १४२ वटाको घटेको र एउटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। 

बिहीबार ओम मेगाश्री फर्म्यास्युटिकल्सको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले प्रतिकित्ता ९३.१० रुपैयाँ आम्दानी गरेका छन्। यसबाहेक एनआईसी एसिया बैंकको ७.८० प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सको ७.१५ प्रतिशत, ग्लोबल आईएमई बैंकको ६.१२ प्रतिशत, कुमारी बैंकको ६.०६ प्रतिशतले सेयर मूल्य बढेको छ। 

वाराही हाइड्रोपावर पब्लिक लिमिटेडको भने ९.९९ प्रतिशतले सेयर घटेको छ। यसबाहेक एमबीएल इक्विटी फन्डको ९ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ५.६७ प्रतिशत, गरिमा डिबेन्चरको ४.९० प्रतिशत र एसियन हाइड्रोपावरको ४.५६ प्रतिशतले सेयर घटेको छ। 

कारोबारतर्फ ङादी ग्रुप पावरको ६९ करोड, राधी जलविद्युत्को ६० करोड, कुमारी बैंकको ४२ करोड, युनिभर्सल पावर कम्पनीको ४० करोड र माउन्टेन इनर्जी नेपालको ३४ करोडको कारोबार भएको छ।

आजको कारोबारमा वाणिज्य बैंक समूह ३.८२ प्रतिशतले उकालो लाग्दा माइक्रोफाइनान्सले २.५८ प्रतिशतसहित पछ्याएको छ। यसबाहेक सामूहिक लगानी कोष, निर्जीवन बीमाको पनि सूचक हरियो छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad