कारोबार


समुद्री सतहबाट सगरमाथाको शीघ्र आरोहण गर्ने व्यक्ति बने एन्ड्रु

समुद्री सतहबाट सगरमाथाको शीघ्र आरोहण गर्ने व्यक्ति बने एन्ड्रु

नेपालखबर
जेठ ८, २०८२ बिहिबार १२:५१, काठमाडौँ

समुद्री सतहदेखि सगरमाथाको चुचुरोसम्म शीघ्र आरोहण गर्नेमा एन्ड्रु उशाकोभले इतिहास रचेका छन्। 

तीन दिन २३ घण्टा ७ मिनेटमा समुद्री सतहदेखि सगरमाथाको चुचुरोसम्म पुगेर उनले कीर्तिमान बनाएका हुन्। 

उनले आफ्नो यात्रा न्युयोर्कस्थित समुद्री सतहबाट मे १५ को बिहान १२ः३० मा सुरु गरेका थिए। त्यसपछि उनी काठमाडौं उडे। काठमाडौंबाट सगरमाथा आधारशिविर पुगे। मे १९ बिहान ९ः२२ बजे उनी ८ हजार ८ सय ४८ मिटर उचाइको सगरमाथा चुचुरोमा पुगेका हुन्।

धेरैजसो आरोहीहरुले ५० दिन लगाएर यो आरोहण पूरा गर्छन्। तर उशाकोभले भने यसको तयारीमा ४ सय घण्टा मात्रै खर्चिए। त्यसो त उनी पूर्णकालीन आरोही होइनन्। उनले सन् २०२० मा मात्रै पर्वतारोहण सुरु गरेका थिए। 

उनी एक व्यवसायी हुन्। केही महिनाअघि मात्रै हिम पहिरोमा परी उनको कुम भाँचिएको थियो। त्यो निको भएलगत्तै उनी सगरमाथा चढेका हुन्। 

आधारशिविरबाट चुचुरोसम्म उनले परम्परागत बोटलको अक्सिजन प्रयोग गरेका थिए। एलिट एक्स्पेडको नेतृत्वमा भएको उनको आरोहणदललाई अनुभवी गाइड र शेर्पाहरुले सहयोग गरेका थिए। जसमा तेजन गुरुङ, पुरबहादुर गुरुङ, विधान श्रेष्ठ, सुजल गुरुङ, कितेम्बा शेर्पा र पेम्बा छेवाङ शेर्पा रहेका थिए। 

आरोहणकै क्रममा सगरमाथा क्षेत्रमा फोहोर संकलनको कार्य समेत उनको आरोहणदलले गरेको बताइएको छ। आरोहण पूरापछि सुरक्षित रुपमा फर्किएका उनले भने, ‘यो केवल हिमाल मात्रै होइन। आफ्नो सीमिततालाई धकेल्ने कदम पनि हो।’


   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad