कारोबार


विश्वनाथ पौडेल गभर्नर बनेपछि चम्कियो सेयरबजार, खुलेको ४ मिनेटमै ८३ अंकको वृद्धि

विश्वनाथ पौडेल गभर्नर बनेपछि चम्कियो सेयरबजार, खुलेको ४ मिनेटमै ८३ अंकको वृद्धि

नेपालखबर
जेठ ७, २०८२ बुधबार ११:१०, काठमाडौँ

बुधबार सेयरबजार परिसूचक नेप्से खुलेको ४ मिनेटमै ८३ अंकले बढेको छ।

नेपाल राष्ट्र बैंकको गभर्नर विश्वनाथ पौडेल बनेपछि सेयरबजारमा उछाल आएको हो।

यो खबर तयार पार्दासम्म नेप्से २७६१ अंकमा छ भने कारोबार पनि ४ मिनेटमा ७३ करोडको भएको छ।

कारोबार थोरै भए पनि लगानीकर्ताले पौडेल गभर्नरमा आउँदा बजार बढ्ने आकलनसहित सेयर माग बढाउँदा त्यसले सूचकमा उछाल आएको हो।

सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई मंगलबार मात्र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो। उनी राष्ट्र बैंकका १८औँ गभर्नर बनेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad