कारोबार


सुनको भाउ एकै दिनमा ५ हजार बढ्यो

सुनको भाउ एकै दिनमा ५ हजार बढ्यो

नेपालखबर
जेठ ७, २०८२ बुधबार १०:३३, काठमाडौँ

सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (जेठ ७ गते बुधबार) सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा उक्लिएको हो। 

मंगलबार (जेठ ६ गते) सुन तोलाको १ लाख ८४ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो। सुन एक दिनमै ५ हजार महँगो भएको हो।   

सोमबार पनि सुन मंगलबारकै भाउमा किनबेच भएको थियो। आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँ थियो।

त्यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो।

गत वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च मूल्य हो।

यसैबीच आज चाँदीको मूल्य पनि केही बढेको छ। 

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad