कारोबार


नेपालमा आयो ब्ल्याकभ्यु ट्याब मेगा २, मूल्य ३१ हजार ९९९ रुपैयाँ

नेपालमा आयो ब्ल्याकभ्यु ट्याब मेगा २, मूल्य ३१ हजार ९९९ रुपैयाँ

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १७:२०, काठमाडौँ

प्रविधि कम्पनी ब्ल्याकभ्यूले आफ्नो नयाँ ट्याब्लेट, ब्ल्याकभ्यू ट्याब मेगा २, नेपाली बजारमा सार्वजनिक गरेको छ।

यो ट्याब्लेटले आधुनिक सुविधाहरू र नयाँ प्रविधिको संयोजनमार्फत प्रयोगकर्ताहरूको ध्यान आकर्षित गरेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार ब्ल्याकभ्यू ट्याब मेगा २ मा १२ इन्चको एचडी+ आईपीएस डिस्प्ले छ। यसले १२०० x २००० पिक्सेल रिजोलुसन र ६० हर्ट्ज रिफ्रेस रेट प्रदान गर्छ। यो ट्याब्लेट युनिसक टाइगर टी६१५ अक्टा-कोर प्रोसेसरद्वारा सञ्चालित छ भने यसमा ८ जीबी वा १२ जीबी र्‍यामका साथ २५६ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ।

स्टोरेजलाई माइक्रोएसडी कार्डमार्फत २ टेराबाइटसम्म विस्तार गर्न सकिने बताइएको छ। यो ट्याब्लेटमा ९,००० एमएएचको ब्याट्री छ, जसले १८ वाट फास्ट चार्जिङलाई समर्थन गर्छ।

यसमा १६ मेगापिक्सेलको रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश छ। ट्याब्लेटले एन्ड्रोइड १५ अपरेटिङ सिस्टममा आधारित डोक ओएस ५.० चलाउँछ। जसले प्रयोगकर्तालाई सहज र अद्यावधिक अनुभव प्रदान गर्छ। यसमा डुअल-बक्स स्पिकर, वाइडभाइन एल१ सपोर्ट, र डुअल ४जी सिम स्लट पनि छन्।

नेपालमा यो ट्याब्लेटको मूल्य ३१ हजार ९९९ रुपैयाँ तोकिएको छ। खरिदका लागि दराज नेपाल र यन्त्र नेपालमार्फत अनलाइन अर्डर गर्न सकिने कम्पनीले जनाएको छ।

ब्ल्याकभ्यूका नेपाल प्रतिनिधिका अनुसार, यो ट्याब्लेट मनोरञ्जन, काम र अध्ययनका लागि उपयुक्त छ। यो ट्याब्लेटले नेपाली बजारमा किफायती मूल्यमा आधुनिक सुविधाहरू प्रदान गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad