परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जापान पुगेकी छिन्।
मंगलबार जापानको नारिता विमानस्थलमा उनलाई जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए जापानका अध्यक्ष नविन निउरेजी लगायतले स्वागत गरे।
जापानको टोकियोमा हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन राणा गएराति त्यसतर्फ प्रस्थान गरेकी थिइन्। मन्त्री डा राणा ज्येष्ठ नागरिकहरुमा हुने सामाजिक एकान्ततासम्बन्धी सम्मेलनमा सहभागी भइ नेपालका तर्फबाट सम्बोधन गर्नेछिन्।
जापानमा रहँदा उनले महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। राणा शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।
300
Shares

प्रतिक्रिया