हुम्लाको सिमीकोटमा खाद्यान्न अभाव सिर्जना भएपछि तारा एअरले बिहीबारदेखि खाद्य सामग्री ढुवानी थालेको छ।
कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सतर्कता अपनाउँदै ‘लकडाउन’ गरेपछि सिमीकोटमा खाद्यान्न अभाव सिर्जना भएको हो।
नेपाल खाद्य संस्थानले खाद्यान्न सामग्री ढुवानी गरिदिन अनुरोध गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिई यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले चामल, नुन लगायतका खाद्य सामग्री ढुवानी गरिरहेको जनाएको छ।
नेपाल खाद्य संस्थानले तोकेअनुरुप खाद्य सामग्री ढुवानी गर्ने एयरलाइन्सकी बजार निर्देशक विपना श्रेष्ठले जानकारी दिइन्।
यसअघि पनि कर्णाली क्षेत्रमा खाद्यान्न संकट न्यूनीकरण गर्न नेपाल खाद्य संस्थान र विश्व खाद्य कार्यक्रमको खाद्य सामग्री ढुवानीमा तारा एअरले सहयोग पु¥याउँदै आएको उनले बताइन्।
तारा एअरले लुक्ला, जोमसोम, सिमीकोट, रारा, डोल्पा, जुम्ला, फाप्लु, बाजुरा लगायतका दुर्गम क्षेत्रहरुमा नियमित उडान गर्दै खाद्यान्नसँगै बिरामी र निर्माण सामग्री समेत ढुवानीमा पनि सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया