ad ad

कारोबार


पर्यटन मन्त्रालयका कर्मचारीको ३ देखि ७ दिनको तलब कोरोना उपचार कोषमा

पर्यटन मन्त्रालयका कर्मचारीको ३ देखि ७ दिनको तलब कोरोना उपचार कोषमा

नेपालखबर
चैत २०, २०७६ बिहिबार ११:५३,

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय माताहतका सबै कर्मचारीको तलब कटौती गरी कोरोना विषेश कोषमा जम्मा गरिएको छ।

चैत ११ को सचिवस्तरको बैठकबाट कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ।

जसमा पर्यटन विभाग, पुरातत्व विभाग, भाषा आयोग, राष्ट्रिय अभिलेखालय, नेपाल प्रतिलिपी अधिकार राजिष्टारको कार्यालय, नारायणहिटी दरवार संग्रहालय साथै मन्त्रालय अन्तर्गतका प्राधिकरण, कोष, प्रतिष्ठान, बोर्ड, समिति, परिषद सबैको तलब कटौती हुनेछ।

कर्मचारीको श्रेणीको आधारमा तलब कटौती हुने मन्त्रालयले जानकारी दिएको छ। रा.प विशिष्ट श्रेणी र प्रथम श्रेणीका कर्मचारीहरुका लागि शुरु तलब स्केलको ७ दिनको तलब बराबरको रकम कटौती हुने भएको छ।

त्यस्तै रा.प द्धिलीय र तृतीय श्रेणीका कर्मचारीको लागि शुरुको तलब स्केलको ५ दिनको तलब रकम कटौती हुने छ भने रा .प अनंकित र श्रेणी विहीन कर्मचारीहरुको ३ दिनको तलब रकम कटौती हुने मन्त्रालयले जनाएको छ।

लेखा उपसचिव गोपी चन्द्र भण्डारीले सूचना जारी गर्दै सबै निकायलाई राष्ट्रिय वाणिज्य बैंकको खातामा निर्णय अनुसार कार्यन्वयन लागि आदेश गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .