ad ad

समाज


चीनको कोरोना भाइरस तथ्यांकमा ट्रम्पले आशंका व्यक्त गरे

चीनको कोरोना भाइरस तथ्यांकमा ट्रम्पले आशंका व्यक्त गरे

नेपालखबर
चैत २०, २०७६ बिहिबार ११:५७,

कोरोनाको उत्पत्तिस्थल चीनमा हाल अमेरिकामा भन्दा कम कोरोना संक्रमित छन्। मृतक संख्या समेत अमेरिकामा बढी देखिएको छ।

यसबीचमा ट्रम्पले चीनले सही तथ्यांक लुकाएको हुनसक्ने आशंका व्यक्त गरेका हुन्।

‘चीनको तथ्यांक सही छ या छैन भनेर कसरी थाहा पाउने?,’ ट्रम्पले पत्रकार सम्मेलनमा भनेका छन्,‘म चीनको लेखापाल होइन।’

सो क्रममा ट्रम्पले आफ्नो चीनसँग सुमधुर सम्बन्ध भएको पनि बताए।

हालसम्मको जानकारीअनुसार अमेरिकामा २ लाख १५ हजार ३ सय ३४ कोरोनाले संक्रमित बनेका छन्। त्यहाँ ५ हजार ११२ को मृत्यु हुँदा ८ हजार ८७८ उपचारपछि स्वस्थ भएका छन्।

चीनमा भने ८१ हजार ५८९ जना कोरोना संक्रमित छन्। त्यहाँ ३३ सय १८ को मृत्यु भइसक्दा ७६ हजार ४०८ उपचापछि स्वस्थ बनेका छन्। द गार्जियन

यो पनि: नेपालमा कोरोना परीक्षण अत्यन्त कम, ७१ दिनमा मात्र ११ सयको जाँच

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .