कारोबार


जलविद्युत् कम्पनीहरूसँग अध्यक्षले ७ प्रतिशत कमिसन मागेको विषयमा धितोपत्र बोर्डको यस्तो प्रस्टीकरण

जलविद्युत् कम्पनीहरूसँग अध्यक्षले ७ प्रतिशत कमिसन मागेको विषयमा धितोपत्र बोर्डको यस्तो प्रस्टीकरण

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १७:३२, काठमाडौँ

जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्काशन स्वीकृतिका लागि अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कमिसन मागेको विषयमा धितोपत्र बोर्डले स्पष्टीकरण दिएको छ।

बोर्डले मंगलबार विज्ञप्ति जारी गर्दै ‘बिचौलियामार्फत कमिसन मागेको विषय’मा ध्यानाकर्षण भएको उल्लेख गरेको हो। 

आइतबार नेपालखबरले धितोपत्र बोर्डका अध्यक्षले बिचौलियाको प्रयोग गरी आईपीओ पाइपलाइनमा रहेका कम्पनीसँग कमिसन माग गरेको समाचार प्रकाशित गरेको थियो।

स्रोतका अनुसार बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिचौलियामार्फत ठूला आयोजनामा ५ र साना आयोजनामा ७ प्रतिशत कमिसन ऊर्जा प्रवर्द्धकहरूसँग मागेका थिए।

सोसँगै मंगलबार नै र्‍याडिसन होटलमा ऊर्जा प्रवर्द्धकहरूले छलफल गरी धितोपत्र बोर्डको नेतृत्वसँग छलफल गर्ने निर्णय समेत गरिसकेका छन्।

‘पुँजीबजार क्षेत्रमा हुन थालेका सुधारसँग अत्तालिएर नियोजित रूपमा यस्ता प्रायोजित सामग्रीको सम्प्रेषणले नियामक निकायको छवि धूमिल पार्नुका साथै सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने कार्यलाई निरूत्साहित गर्ने उद्देश्य राखेको छ’, बोर्डले अध्यक्षको बचाउ गर्दै विज्ञप्तिमा भनेको छ। 

बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले बोर्डले यदि कसैले बोर्ड अध्यक्षको नाम लिई कुनै पनि प्रकारको आर्थिक वा अन्य गैरकानुनी फाइदा लिने कार्य गरेको जानकारी भएमा तथ्यगत विवरण उपलब्ध गराइदिन आग्रह गरेका छन्। त्यस्ता व्यक्तिमाथि आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने उनले दाबी गरेका छन्। 

बोर्डका अध्यक्षले सिधै कमिसन नमागी बिचौलिया प्रयोग गरेको व्यवसायीकै दाबी छ।

बोर्डमा नियुक्त भएको साढे ५ महिनासम्म २ वटा हाइड्रोको आईपीओ मात्रै स्वीकृत भएको छ। बोर्डका अनुसार नै ४२ वटा हाइड्रोको आईपीओ पाइपलाइनमा छन्।

यो पनि- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad